नयाँ दिल्लीमा रेल दुर्घटना, ७४ जना घाइते



Onlookers gather around the crash site of an Indian train accident in Auraiya district in Uttar Pradesh state on August 23, 2017. At least 42 passengers were injured August 23 after several cars of an express train derailed in northern India, police said, four days after another rail accident killed 23 people in the country. / AFP PHOTO / STR

नयाँ दिल्ली, ७ भदौ । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन ।

बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन ।
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ ।
यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चार माध्यमलाई बताउनु भएको छ ।

भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिनु भएको छ ।
भारतको उत्तर प्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए ।

यस घटनाको तीन दिन पछाडी पुनः उत्तर प्रदेशमा नै रेल दुर्घटना भएको छ । रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो

भारतमा बेला बेलामा ठूला ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको थियो भने अरु दूई सय जना घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्