दाङमा तिजको रौनक



नेपाल समाचारपत्र,दाङ ।
दाङ तुलसीपुर उपमहानगरपालिका, १७ बेलझुण्डीमा तिज विशेष कार्यक्रम भएको छ ।

नवजागरण युवा क्लब बेलझुण्डीको आयोजनामा भएको कार्यक्रममा कलाकारहरु कमल गाउँले, सन्दीप न्यौपाने, तिलक वली, प्रेम शर्मा, पिताम्वर रीजाल,शारदा धिताल लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका छन् ।

क्लवका अध्यक्ष खगेन्द्र डागींको अध्यक्षता एवम् तुलसिपुर उपमहानगरपालिका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले तिजलाई मौलिक चांडको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

तिजका गीतहरुमा मौलिकपन हराउँदै गएको भन्दै कलाकारहरुले चिन्ता व्यक्त गरेकोे अमृत डागींले जानकारी दिनुभयो । कार्यक्रमको संयोजनमा बिकास वस्याल र सागर केसि रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्