टीभीएसको शोरुम तिनकुनेमा



 

काठमाडौं, (नेस)
जगदम्बा मोटर्सले नेपालका लागि टीभीएस मोटर कम्पनीको वितरकको रूपमा काठमाडौंको तिनकुनेमा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताको शोरुम युनिभर्सल मोटो कर्पको नाममा सञ्चालनमा ल्याएको छ।

शोरुमको सोमबार पूर्वअर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्नुभयो। शोरुममा नेपालमा बिक्री थालनी गरिएको टीभीएसका सम्पूर्ण बाइक तथा स्कुटरहरू उपलब्ध छन्। उक्त अत्याधुनिक शोरुमले आफ्नो सेवा र स्पेयर पार्टसमार्फत नेपाली मोटरसाइकल पारखीमा उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ।

जगदम्बा मोटर्सले नेपालभरि ७६ वटा आधुनिक र सुविधा सम्पन्न सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्ने लागेको जनाएको छ। यस्ता शोरुमहरूबाट सेल्स, सर्भिस र स्पेयर्स सेवा ग्राहकले पाउनेछन्।

जगदम्बा मोटर्स प्रालिका कार्यकारी प्रमुख अखिल गुप्ताले सेल्स, सर्भिस र स्पेयर्स पार्ट्सलगायतका अत्याधुनिक सुविधा सम्पन्न शोरुम खोल्ने क्रममा तिनकुनेमा पनि सञ्चालनमा ल्याइएको बताउनुभयो।

उक्त अवसरमा ग्राहकले भदौ ५ गतेबाट ८ गतेसम्म कुनै पनि बाइक को खरिदमा नगद ७ हजार रुपियाँ र स्कुटरको खरिदमा ९ हजार रुपियाँ छुट हुने गुप्ताले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्