हलिउड कमेडी किङको निधन



 

हलिउड कमेडी किङ जेरी लुइसको ९१ वर्षको उमेरमा निधन भएको छ। झण्डै पाँच दशक पूरै दुनियाँलाई हँसाएका लुइसको आफ्नै निवास लस भेगसमा गत आइतबार बिहान निधन भएको एजेन्सीले जनाएको छ।
१६ मार्च १९२६ मा जन्मिएका लुइसको निधन प्राकृतिकरूपमा नै भएको परिवारिक स्रोतले एजेन्सीलाई जानकारी दिएको छ। आफ्नो करियरमा विभिन्न अवार्डबाट सम्मानित लुइस एक हास्य कलाकार मात्र नभएर कुशल अभिनेता, गायक र निर्देशक पनि थिए। उनले द नटी प्रोफेसर र द बेली ब्वाइलगायत थुपै्र हिट फिल्ममा काम गरेका थिए। हलिउडमा डीन मार्टिन र उनको जोडीलाई निकै रुचाइन्थ्यो। १० वर्षको सहकार्यमा यो जोडीले हलिउड बक्स अफिसलाई थुपै्र हिट फिल्म दिएको थियो। हलिउड स्टार निल पैट्रिस ह्यारिस, जिम केरी र एलन डेजेनेरसलगायतले उनको निधनलाई लिएर दुःख व्यक्त गरेका छन्। त्यसै गरी बलिउड स्टार ऋषि कपुरले लुइसलाई श्रद्धाञ्जली दिँदै लेखेका छन्– ‘एक अद्भूत कलाकार, जसले सबैको मुहारमा मुस्कान ल्याउने प्रयत्न गरे।’

प्रतिक्रिया दिनुहोस्