पत्रकार महासंघमा आचार्य , ‘महासंघलाई साझा चरित्रको बनाउँछु



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित हुनुभएको छ। मंगलबार बिहान जारी परिणाममा पदाधिकारीहरूमा आचार्य प्यानलले विजय हात पारेको छ। प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएको छ।

प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले ७ सय ३२ मत पाएर विजयी हुनुभएको छ। प्रेस चौतारीका तीर्थ कोइरालाले ६ सय २७ मत पाएर दोस्रो स्थानमा रहनुभयो। अध्यक्ष पदका अर्का प्रत्यासी उजिर मगरलाई ५४ मत खसेको छ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी हुनुभएको छ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित हुनुभएको छ। लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ। लेखा समिति सदस्यहरूमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी हुनुभएको छ।

यस्तै, प्रदेश नम्बर १ मा प्रेस चौतारीका सटेन्द्र जगेबु, प्रेस युनियनका उद्धव तिमिल्सिना, प्रदेश नम्बर २ मा प्रेस सेन्टरका देवराम यादव, प्रेस युनियनका शैलेन्द्र झा, प्रदेश नम्बर ३ मा प्रेस चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी, प्रदेश नम्बर ४ मा प्रेस चौतारीका रामकृष्ण ज्ञवाली र प्रेस सेन्टरका नवीन कुइँकेल विजयी हुनुभएको छ।

यस्तै, प्रदेश नम्बर ५ मा प्रेस सेन्टरका वसन्त गिरी र प्रेस युनियनका पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ मा प्रेस युनियनका कलेन्द्र सेजुवाल र प्रेस सेन्टरका पूर्णप्रसाद चौलागाईं तथा प्रदेश नम्बर ७ मा प्रेस युनियनका मीन बम विजयी हुनुभएको छ भने प्रेस चौतारीका उत्तर विष्ट र प्रेस सेन्टरका श्याम भट्टले ४५–४५ (बराबर) मत ल्याउनुभएको छ।

काठमाडौं उपत्यकातर्फ प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोविन्द चौलागाईं निर्वाचित हुनुभएको छ। यस्तै, प्रतिष्ठानतर्फ प्रेस सेन्टरका टीकाराम प्रधान र प्रेस युनियनका यम विरही निर्वाचित हुनुभएको छ। यस्तै खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की, हरिहरशिंह राठौर विजयी हुनुभएको छ।

यस्तै महिलातर्फ जानुका बराल, श्वेता सिन्हा, र सिर्जना अर्याल विजयी हुनुभएको छ। दलित केन्द्रीय सदस्यतर्फ गोपाल बराइली र मधु शाही विजयी हुनुभएको छ। आदिवासी जनजातितर्फ टेकराज थामी र राजेश चाम्लिङ राई, अपांगतातर्फ माधव चाम्लागाईं र अल्पसंख्यकतर्फ छेटु शेर्पा निर्वाचित हुनुभएको छ। अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले महासंघलाई साझा चरित्रको बनाउने बताउनुभयो। पत्रकारहरूको पेसागत सुरक्षालाई ख्याल गर्दै कसैमाथि पनि भेदभाव नगर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्