नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर धमाधम



नेपाल समाचारपत्र, काठमाडौं । नेपाली सेनाले धमाधम बाढी पिडित क्षेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरीरहेको छ ।
गत हप्ता परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढीबाट प्रभावित पीडितहरुलाई लक्षित गरी ईटहरीको पुर्वी पृतना हेड क्वाटरले सुनसरीमा शिविर संचालन गरेको हो । सुनसरीको जिल्लाको हरिनगरा गाउँपालिका ६ धुस्कीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।

शिविरमा नेपाली सेनाका ४ र वि.पि.कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका १ गरी ५ जना डाक्टर सहितको मेडिकल टोलीद्वारा महिला ७ सय ७१ र पुरुष ३ सय ६८ गरी जम्मा ११ सय ९३ जनाको स्वास्थ्य परिक्षण गरीएको थियो । साथै निःशुल्क औषधि वितरण समेत गरेको नेपाली सेनाले जनाएको छ । सो शिविरमा रुघा खोकी, ज्वारो, घाउँ, खटिराका विरामीहरुको संख्या केही बढी देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्