प्युठानमा १२ हजार मतदाता थपिए



सलिम अन्सारी,प्युठान ।
जिल्लामा १२ हजार मतदाता थपिएका छन।

जिल्ला निर्वाचन कार्यालय सहित अन्य ९ वटै स्थानिय तहमा पुगेर गरिएको मतदाता नामावली संकलनमा ५ हजार ९ सय ६६ जना महिला र ६ हजार १ सय ११ जना पुरुषको नामावली थप भएको हो।

स्थानियतहको निर्बाचनपछि निर्वाचन आयोगले मतदाता नामावलिमा नाम छुटेकाहरुको लागि दर्ता गराउन दिएको एक महिने समय अबधी सम्ममा १२ हजार सतत्तर मतदाता थप भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साउन १६ गते देखि भाद्र ३ गतेसम्म सबै स्थानिय तहमा मतदाता नामावली संकलक टोलि खटाएर मतदाता नामावली संकलनको काम गरिएको थियो।

यस अघि प्यूठानमा ६७ हजार ७ सय १० जना महिला, ६० हजार ३६ पुरुष र १ जना तेस्रो लिङ्गी गरी १ लाख २७ हजार ७ सय ४७ जना मतदाता रहेका थिए। थप मतदाता सहित प्यूठानमा जम्मा जम्मि १ लाख ३९ हजार ८ सय २४ मतदाता पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्