गण्डकी र सगरमाथालाई उपाधि



 

काठमाडौं, (नेस)
गण्डकी र सगरमाथाले थ्री बाई थ्री इन्ट्रा कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। गण्डकी ब्वाइज तथा सगरमाथा गल्र्समा च्याम्पियन बने।
ब्वाइजको फाइनलमा गण्डकीले कोशीलाई १२–७ ले पराजित गर्यो। गल्र्सको फाइनलमा सगरमाथाले धौलागिरीलाई ९–५ ले हरायो।

लुम्बिनी कलेजद्वारा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र आरती ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवै प्रतियोगिताकै सर्वाधिक स्कोरकर्तासमेत बने। तीनदिने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा ८ टिम सहभागी थिए

प्रतिक्रिया दिनुहोस्