आलिया र वरुणले सँगै काम नगर्ने



 

स्टुडेन्ट अफ द इयरदेखि बद्रीनाथकी दुल्हनियासम्मबाट हिन्दुस्तानी फिल्मका दर्शकको मन जित्दै आएकी बलिउड नायिका आलिया भट्ट तथा नायक वरुण धवनको केमिस्ट्री दर्शकले निकै रुचाएका छन्। तर, हालै बलिउडको एक रिपोर्टले बताएअनुसार उनीहरु अब एकसाथ काम गर्न चाहँदैनन्।

कुरा केवल सँगै काम गर्न नचाहने मात्र होइन, दुवैले दृढताका साथ यो फैसला गरेका छन् कि अब उनीहरु दुवैले एकसाथ काम गर्ने छैनन्। करिअरको शुरुआती दिन र अहिले गरी आलिया र वरुणले लगभग ८ फिल्ममा सँगै काम गरिसकेका छन्। हुनसक्छ उनीहरु एक–अर्कासँग दूरी बनाएर कुनै नयाँ स्टारसँग काम गर्न चाहन्छन्।

उनीहरुले स्टुडेन्ट अफ द इयरपछि हम्प्टी शर्माकी दुल्हनियाँ तथा बद्रीनाथ कि दुल्हनियाँमा एकसाथ काम गरेका थिए। दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएको थियो।

अचानक सँगै काम नगर्ने निणर्यलाई केहीले भने उनीहरुको सम्बन्धलाई लिएका छन्। दुवैले भने कुनै कारण खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्