मोडल हन्ट नेपाल हुँदै



 

युवायुवतीको व्यक्तित्व र आत्मविश्वास अभिवृद्धिका लागि भन्दै आयोजना गर्न लागिएको मोडल हन्ट नेपाल २०१७ को अन्तिम स्पर्धा आगामी शनिबार होटल सोल्टी क्राउन प्लाजा हुने भएको छ।

कार्यक्रममा अभिनेतृ प्रियंका कार्की, सिर्जना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रूपमा रहनेछन् भने चर्चित संगीतकार कालीप्रसाद रिजालको समेत विशेष प्रस्तुति रहने बताइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नमुना कलेजका फेसन डिजाइनरले तयार पारेका विशेष डिजाइनका पहिरन चर्चित मोडल नेहा बानु, शशि श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिनलगायतका मोडलले र्याम्पवाकमार्फत् प्रस्तुत गर्नेछन्। सो अवसरमा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले समेत र्याम्प नाप्ने कार्यक्रममा रहेको छ।

कोरियोग्राफर प्रशान्त ताम्राकार, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, इन्डियन फेसन कोरियोग्राफर मिलन राई प्रतियोगिताको निर्णायकमा रहनेछन्। मिलनले प्रतियोगीलाई विशेष प्रशिक्षणसमेत दिएकी छन्। प्रतियोगिताका विजेताले नगद रु. १ लाख नगद प्राप्त गर्नुका साथै अमेरिकामा हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा विशेष प्रस्तुति प्रस्तुत गर्न सक्ने आयोजकले बताए।

प्रतिक्रिया दिनुहोस्