नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्यको प्यानलै विजयी



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य सहित उनको प्यानलै विजगी भएको छ । राजधानी काठमाडौंमा सम्पन्न भएको २५ औं महाधिवेशनबाट आचार्य प्यानलसहित निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्वको लागि प्रेस सेन्टरका आचार्य र प्रेस चौतारीका तीर्थ कोइराला प्यानलसहित प्रतिस्पर्धामा थिए । प्रेस युनियनसहित साना दल निकट पत्रकारहरुको समेत समर्थन पाएका आचार्यले ७३२ मत पाएका छन । भने कोईरालाले ६२७ मत पाएका छन ।

खुला उपाध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल र समावेशी उपाध्यक्षमा युनियनकै दिलिप थापामगर निर्वाचित भएका छन् ।
युनियनबाटै महासचिवमा रमेश विष्ट र सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा प्रेस सेन्टरकी लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छन् ।

यसैगरी लेखा समिति संयोजकमा प्रेस सेन्टरकै रोशन पुरी निर्वाचित भएका छन् ।

प्रेस सेन्टर, प्रेस युनियन लगायतले विजयी जुलुश निकाल्नका लागि महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा भेला हुन सबै पत्रकारहरुलाई आह्वान गरेका छन् ।

प्रज्ञा भवनमा महाधिवेशन भए पनि मतगणना भने नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम सिनामंगलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्