राप्रपा (प्रजातान्त्रिक)ले दल दर्ताका लागि बुझाएको निवेदनलाई मान्यता



नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले राप्रपा (प्रजातान्त्रिक)ले पहिलो दिन दल दर्ताका लागि बुझाएको निवेदनलाई मान्यता दिन अदेश दिएको सर्वोच्च अदालतबाट अधिबक्ता विकास भट्टराईले जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तेजप्रकाश केसीको एकल ईजलासमा सोमबार भएको सुनुवाईपछि राणा समूहको माग बमोजिम गर्न आदेश दिइएको हो ।

राणा समूहले निर्वाचन आयोगमा पहिलो दिन नयाँ दल दर्ताका लागि बुझाएको सनाखतलाई मान्यता दिनुपर्ने मागदाबीसहित शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो । हिंजो (आइतबार) र आज (सोमबार) भएको सुनुवाईपछि भएको आदेशसँग राणा समूहलाई राहत मिलेको छ ।

राणा समूहको तर्फबाट अधिवक्ता हरिहर दाहाल, महादेव यादव, माधव बस्नेत, चन्द्रकान्त ज्ञवाली, रामप्रसाद भण्डारीसहित १३ जनाले बहस गरेका थिए ।

विपक्षमा अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराईसहितका ९ जना अधिवक्ताले बहस गरेको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्