प्रहरी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’



 

काठमाडौँ, ५ भदौ । नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ ।

स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको आज प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्दै क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधासम्पन्न बनाउँदै लैजानुपर्ने बताउनुभयो । अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान नहुने उहाँको भनाइ थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेलले अस्पतालको वार्षिक विनियोजित रकमअन्तर्गत करिब रु एक करोड ३८ लाख लागतमा वार्ड निर्माण भएको जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्