हिकाष्टका विद्यार्थीद्धारा प्रभाबित पशुहरुको चेकजाँच



नेपाल समाचारपत्र, काठमाडौं ।
कृषि र पशु बिज्ञान अध्यापन गराउँदै आएको हिकाष्ट कलेज काठमाडौंका बिद्यार्थीहरुको समन्वयमा बाढी प्रभाबित पशुहरुको चेकजाँच गरिएको छ । कलेजमा अध्ययनरत २० जना बिद्यार्थी सहित बारा र सप्तरी पुगेको टोलीले तिन सय बढि पशु, पंक्षिको चेकजाँच गरेको कलेजमा अध्ययनरत विद्यार्थी शुलभ बैद्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पशु चिकीत्सक डा. उमेश मण्डलको नेतृत्वमा गएको टोलीले बाढिपिडीत पशु पंक्षि उद्धार तथा उपचार शिबीर समेत गरेको थियो । सो टोलीले सप्तरीमा जिल्ला प्रशासनको समन्वयमा प्रभाबित ५० घरधुरीलाई खाद्यान्न बितरण गर्ने योजना समेत बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्