कुबेर मर्चेन्ट फाइनान्समा नयाँ सञ्चालक



 

काठमाडौं, (नेस)
कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको ११औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

नयाँ लगानीकर्तासमेतको सहभागितामा सम्पन्न भएको उक्त साधारणसभामा अर्थिक वर्ष २०७२⁄७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधनसँगै पुँजी वृद्धि एवम् कम्पनीको नाम परिर्वतन सम्बन्धी (प्रस्तावित सिटी एक्सप्रेस इन्टरनेसनल फाइनान्स लिमिटेड) प्रस्तावहरू पारित भएको कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो। उक्त अवसरमा सभाका निर्णयहरू नियामक निकायको स्वीकृतिपछि लागू हुने व्यहोरा समेत जानकारी गराइयो।

कम्पनीको ११औं वार्षिक साधारणसभामा सञ्चालक समितिको निर्वाचन पनि रहेकोमा नयाँ लगानीकर्ता समेतको प्रतिनिधित्व गर्दै चन्द« टण्डन र सन्दिप शर्मा नयाँ सञ्चालक सदस्यमा निर्वाचित हुनुभएको जानकारी पनि घिमिरेले दिनुभयो।

सञ्चालक पदमा निर्वाचित भएपश्चात् शेयर सदस्यहरूको जिज्ञासा मेटाउने क्रममा संस्थालाई चार वर्षभित्रमा नाफाको अवस्थामा ल्याइने तथा सबै शेयर सदस्यहरूको राय एवं सुझाव लिई संस्थालाई एक प्रतिष्ठित वित्तीय संस्थाको रूपमा स्थापित गराउने प्रतिबद्धता टण्डनले व्यक्त गर्नुभयो।

संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि टण्डनले जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्