कथा शैली



 

राप्रपाका अध्यक्ष कथा (कमल थापा) ले आइतबार हेटौंडामा एउटा पत्रकार सम्मेलन गरेर अघिल्लो सरकारमा जानु आफ्नो गम्भीर भूल भएको बताउनुभएको धरहराले सुन्न पायो।

यसअघि माओवादीका अध्यक्ष (पुकदा) पुष्पकमल दाहालले यसै गरी गल्ती भइसकेपछि भूल भएको भन्ने गर्नुभएको थियो। त्यही खालको सिको अहिले कथाले पनि गर्नुभएको देखेर धरहरालाई रमाइलो लागेको छ। कस्तो शैली मिल्ने रहेछ उहाँहरूको।

त्यही भूलले गर्दा राप्रपा तीन टुक्रा भएपछि अहिले कथाले बल्ल थाहा पाउनुभएछ। पुकदाले पनि बेलाबेलामा त्यस्तै गर्दै आउनुभएको छ। गल्ती महसुस गर्नु र त्यसबाट सिक्नु त राम्रै कुरा हो। तर, पुकदाले भने गल्ती दोहोर्याएको पनि देखिएको छ। अब हेर्नुछ– कथाले पुकदाको दोहोर्याउने शैली चाहिँ कपी गर्नुहुन्छ कि हुन्न ?

प्रतिक्रिया दिनुहोस्