पाठेघर र स्तन परीक्षण शिविर सम्पन्न



 

काठमाडौं, (नेस)
धर्म विद्याश्रम आधारभूत विद्यालय, नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं शाखाका सभापति अजयसिंह सुवाल तथा सदस्य किरण महर्जन, छत्रपति निःशुल्क चिकित्सालयका सञ्चालक ईश्वरप्रसाद श्रेष्ठ तथा वरिष्ठ प्रशासकीय अधिकृत लिना शाक्य तथा माया नेपालकी अध्यक्ष निहिता महर्जनको संयुक्त आयोजनामा एकदिने पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको छ।

उक्त शिविरमा ६० जना महिलाको पाठेघर र स्तनको क्यान्सर रोगको परीक्षण गरिएको थियो। शिविरमा रोगसम्बन्धी औषधि पनि निःशुल्करूपमा वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्