वाईसीएलको अध्यक्षमा सापकोटा



 

काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा रामप्रसाद सापकोटा निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न वाईसीएलको एकताको दोस्रो सम्मेलनबाट सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो। यसअघि सापकोटा वाईसीएलका महासचिव रहनुभएको थियो। सापकोटाको नेतृत्वमा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्मेलन सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्