संसद र प्रदेशको चुनाव एकै चरण गर्न असम्भव : मन्त्री गोपाल दहित



नेपाल समाचारपत्र, दाङ । भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले संसद र प्रदेशको चुनाव एकै चरण गर्न असम्भव रहेको बताउनु भएको छ । आज दाङको घोराहीमा कमलहरी मुक्त परिचय पत्र वितरण कार्याक्रममा बोल्दै मन्त्री दहितले यस्तो बताउनुभएको हो ।

साथै उहाले संघिय संरचनाको हेरफेर नगरी संसद र प्रदेशको चुनाव एकै चरण गर्दा देश द्धन्द्धमा जाने भएकाले यस्ता असम्भव कुरा गरेर जनतालाई भ्रममा नपार्न पनि मन्त्री दहितले आग्रह गर्नु भएको छ । मन्त्री दहितले नेपालमा रहेका १२ हजार कमलहरीहरुलाई ४ महिना भित्र मुक्त कमलहरी परिचय पत्र वितरण गरेरै छाड्ेने बताउनु भएको छ । दाङका ८ जना कमलहरीहरुलाई परिचय पत्र वितरण गदै मन्त्री दहितले कमलहरीहरुलाई अव धेरै अवसर खुल्ने छ त्यसलाई सहि सदुपयोग गर्न पनि अग्रह गर्नुभएको छ ।
त्यस्तै मन्त्री दहितले कमलहरी परिचय पत्र वितरण मात्र नभई भुमि ऐन , गुठी ऐन , तथा भुमी सुधार सम्वन्धि ४ वटा कानुन आफ्नै पालामा ल्याई छाड्ने र यसको लागी सबैको सहयोगको आवश्यकता पर्ने हुदा सहयोगको लागी सबै संग आग्रह गर्नुभएको छ ।

भुमी सुधार मन्त्रालयको आयोजना तथा मुक्त कमलहरी विकास समाज दाङको सहआयोजनामा मुक्त कमलहरी परिचय पत्र वितरण कार्यक्रम भएको थियो ।कार्यक्रममा प्रमुअ जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कमलहरीहरुको समस्या समाधान गर्नु अवश्यक रहेको भन्दै मुक्त कमलहरी तथा कमलहरीहरुलाई मुक्त गराउन सदैव लागी पर्ने वचन वद्धता व्यतm गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्