एञ्जलहर्ट र एचएचसीए च्याम्पियन



 

काठमाडौं, (नेस)
१२ औं क्वीक्स ग्रिनल्यान्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि एञ्जल हर्ट र एचएचसीएस्कुलले जितेका छन्। एचएचसीय सिनियर छात्र र एञ्जल हर्टले जुनियर छात्रमा उपाधि जितेका हुन्। शनिबार भएको सिनियर छात्रको फाइनल खेलमा एचएचसीयले भ्यालि पब्लिक स्कुललाई ४४–४२ को साँघुरो अन्तरले पराजित गर्यो। एचएचसीयको जितमा राजकुमार राईले १८ स्कोर गरे। सिनियर छात्रमै गोल्डेन पिकले ग्रिनल्यान्ड स्कुललाई ४३–४० स्कोरले हराउँदा गोपाल भण्डारीले १८ स्कोर गरे।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलको कोर्टमा भएको जुनियर छात्रको फाइनल खेलमा एञ्जल हर्टले नेरिक स्कुललाई २८–२५ स्कोर हराउँदै उपाधि उचाल्यो। एञ्जल हर्टको हितमा रिंकल राईले ९ स्कोर गरे। यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा मञ्जुघोस्साले लाली गुराँस स्कुललाई ४०–३३ स्कोरले हरायो। विजेताका उर्गेन रिङजिङ गुरुङले १८ अंक बटुले। प्रतियोगिताको सिनियरमा एचएचसीएका राजकुमार राई तथा जुनियरमा एञ्जल हर्टका सागर नेपाली उत्कृष्ट खेलाडी ।

प्रतिक्रिया दिनुहोस्