इशाको अर्को उत्तेजक रूप



 

यतिबेला बलिउड अभिनेतृ इशा गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय छिन्।
इशा इन्स्टाग्राममा निकै हट र टपलेस फोटो पोस्ट गरेर चर्चामा आएकी छिन्। पछिल्लोपटक खिचिएको तस्वीरमा उनलाई निकै कामुक लुक्समा देखिएको छ। शीरदेखि कम्मरसम्मको भाग देखाइएको टपलेस फोटोमा उनले आफ्नो खुला छाती भने केवल अनारको सहयोगमा छोपेकी छिन्। यसका साथै क्याप्सनमा ‘स्वस्थ जीवन?ु –लेखेकी छिन्।

यद्यपि यो उनका लागि पहिलोपटक भने होइन। यसअघि पनि निकै बोल्ड र कामुक फोटो इन्स्टाग्राममा शेयर गर्दै उनी एकासाथ चर्चा र विवादमा रहने गरेकी छिन्। यो फोटोबाट के थाहा पाउन सकिन्छ भने उनले आफ्ना फ्यानलाई गिज्याइरहेकी छिन्। इशाले नकारात्मक र अश्लील टिप्पणीबाट बच्न भने त्यस्ता खालका तस्वीरमा कमेन्ट ब्लक गरेकी छिन्।
निकै उत्तेजक र कामुक तस्वीर खिच्न रुचाउने इशा सन् २००७ को मिस इन्डिया इन्टरनेसनलको उपाधि विजेता पनि हुन्। डेब्यु फिल्म जन्नत–२ बाट उत्कृष्ट नवनायिकाको विधामा फिल्मफेयर अवार्ड हात पारेकी अभिनेतृले बलिउडमा छुट्टै पहिचान बनाइसकेकी छिन्।

इशा अब आउने फिल्म बादशाहोमा देखिँदै छिन्। फिल्ममा इशाका साथै अजय देवगन, इमरान हसमी र इलियाना डिक्रुजलाई मुख्य भूमिकामा देख्न सकिन्छ। मिलन लुथ्रियाले निर्देशन गरेको फिल्म आगामी सेप्टेम्बर १ मा रिलिज हुने तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्