१ सय ३० परिवारलाई खाद्यान्न सामग्री वितरण



 

नेपाल समाचारपत्र
रुकुम
नेविसंघ केन्द्रीय समितिको निर्णयअनुसार शनिबार उपाध्यक्ष पवन यादवको नेतृत्वमा पर्सा जिल्लाको बेलवास्थित अति विपन्न १ सय ३० परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ। उपाध्यक्ष यादव नेतृत्वको समूहले काठमाडौंमा संकलन गरेको उक्त राहत शनिबार नेपाली कांग्रेस पर्सा र नेविसंघ पर्साको समन्वयमा उक्त ठाउँमा वितरण गरिएको केन्द्रीय सदस्य तारक केसीले बताएका छन्।

उक्त टोलीमा सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रीय सदस्य तारक केसी, गीता गुरुङ, सुधीर पटेललगायतको सहभागिता रहेको थियो। गत साताको बाढीबाट प्रभावित विपन्न र संकटमा रहेका परिवारलाई न्यूनतम रूपमा भए पनि आफूहरूले सहयोग गरेकोमा पीडितहरूले सहजता आएको बताए।

प्रतिक्रिया दिनुहोस्