बाढीपीडितलाई पूजाको सहयोग



नायिका तथा निर्मात्री पूजा शर्माले बिहीबार चितवन पुगेर रत्ननगर ५ का बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराएकी छिन्।

उनले त्यहाँको सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडालगायत दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएकी हुन्। उनले करिब ६० घर सुकुम्बासीलाई राहत उपलब्ध गराएकी हुन्। ‘घरहरु अझै हिलाम्य छन्, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छु पूजाले भावुक हुँदै सुनाइन्। उनले जति सकिन्छ आ–आफ्नो स्थानबाट सबैले पीडितलाई सहयोग गर्नुपर्नेमा जोड दिइन्।

पूजा र निर्देशक सुदर्शन थापासँगै राहत बाँड्न पुगेका अर्का निर्देशक शोभित बस्नेतले पूजाको काम सराहनीय भएको बताए। पूजा र थापाले बाढीपीडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाउ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु बितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्