जहाजभित्रै खाना पुर्याउने गाडी टाटाले सोल्टी होटललाई दियो



काठमाडौं, (नेस)
सिप्रदी टे«डिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिप्mटस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ। नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे।

कम्पनीका अनुसार उक्त गाडी हवाईजहाजभित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ। टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्पस् अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुुसार तयार गरिएको दाबी कम्पनीले गरेको छ। तीन हजार किलोसम्मको तौल बोक्न सक्ने क्षमता रहेको उक्त गाडी चलाउन र मर्मत गर्न निकै नै सजिलो रहेको कम्पनीको भनाइ छ।

गाडीको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ। साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा स्यान्डबीच कम्प्रेस्ड प्यानलले खानामा ताजापन कायम नै राख्ने छ। कम्पनीका अनुसार यसमा जडान गरिएको पीटीओ, डिसी मोटर ह्यान्ड पम्प, सहजताको लागि क्यामेरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुुलनामा फरक र उत्कृष्ट रहेको दाबीसमेत कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्