हेली एयरले उडान अनुमति पायो



नेपाल समाचारपत्र
काठमाडौं
लामो प्रतीक्षापछि हेली एयर नेपालले लाइट हेलिकोप्टर उडानका लागि शुक्रबार अनुमति पाएको छ। हेली एयर प्रालिले प्रक्रिया थालेको एक वर्षपछि बल्ल उडान अनुमति पाएको हो।
कम्पनीका सीईओ रोनन लामिछानेले लामो प्रयासपछि उडान अनुमति पाएको जानकारी दिनुभयो।कम्पनीले यसअघि नै दुईवटा जाइरोकोप्टर ल्याइसकेको छ। कम्पनीले ठूलो हेलिकोप्टर ल्याउने तयारी गरेको सीईओ लामिछानेले जानकारी दिनुभयो।

अहिले उडान अनुमति पाएको जाइरोकोप्टरमा एक जना यात्रुमात्रै उड्न मिल्ने सीईओ लामिछानेले बताउनुभयो। उहाँंका अनुसार पाइलट र यात्रु बस्न मिल्ने गरी दुई सिटमात्रै भएको यो जाइरोकोप्टर हावा र हुरी आएको समयमा पनि उडान गर्न सक्ने बताइएको छ।
सो जाइरोकोप्टरले असोजको पहिलो हप्ताबाट उडान शुरु गर्ने भएको छ। कम्पनीले पोखरालाई कार्य क्षेत्र बनाएर उडान गर्ने योजना बनाएको छ।

यात्रु ओसारपसार गर्नको लागि भन्दा पनि विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि जाइरोकोप्टर प्रयोगमा ल्याइने भएको हो। कम्पनीले अन्य दुईवटा पाँंच सिटे हेलिकोप्टर पनि ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्