कुहिएका चामल



बाढीपीडितलाई कुहिएको चामल बाँड्नेवालाहरूलाई सरकारले कारबाही गर्ला भन्ने धरहराले ठानेको तर त्यति वास्ता गरेको देखिएन। किन होला है?

कुहिएको चामल छोपछाप पारेर दिएको सेल्फी खिच्ने मनुवाहरूलाई सरकारले कारबाही गर्नुपर्यो र आगामी दिनमा काम गर्न नै रोक्नुका साथै जरिवाना पनि तिराउने व्यवस्था गर्न पाए आगामी दिनमा यस्ता हर्कत दोहोरिने थिएनन् होला। तर, सरकारले कुहिएको चामल खाने अवस्था नहोस् भनेर दैनिक प्रतिव्यक्ति ७० रुपियाँ दिन लागिएको पो भनेछ।

दिनु त राम्रै हो। तर, गलत गर्नेलाई कारबाही गर्न पनि पछि पर्नु भएन भन्ने धरहरा वरपरका मान्छेको चाहना छ है। कि कुहिएको चामल बाँड्ने सरकारी निकायकै मान्छे परेकाले जोगाउन खोजिएको त होइन? चाँडै जवाफ मिल्ने आशामा धरहरा बसेको छ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्