रेडिअन्ट क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

लगातार तेस्रो जित हात पार्ने क्रममा रेडिअन्टले ग्रिनफिल्डलाई ३५–२७ ले पराजित गर्यो। रेडिअन्टको जितमा सुजन थपलियाले ९ अंक योगदान गरे। सिनियर ब्वाइजकै अन्य लिगमा द एक्सेल्सियर स्कुल, पिपुल्स, ग्यालेक्सी पब्लिक स्कुल र विल्सन एकेडेमीले सफलता पाए।

एक्सेल्सियरले ज्ञानमालालाई ३७–६ ले सजिलै हरायो। विजेताका रितेश बस्नेतले १८ अंक जोडे। अजय घलेको ९ अंक सहयोगमा पिपुल्सले एपेक्स लाइफ स्कुललाई ३७–१४ ले पन्छायो। ग्यालेक्सीले जेनिथमाथि ३७–३१ को जित निकाल्यो। ग्यालेक्सीका सुवास गुरुङले १२ स्कोर गरे। विल्सलले विस्डमलाई ३९–९ ले पाखा लगायो। विल्सनको सहज जितमा पेम्बा शेर्पाको १५ अंक योगदान र≈यो।

प्रतिक्रिया दिनुहोस्