सञ्चारकर्मसँगै अभिनय



पोखराका श्याम अर्याल आफूलाई अभिनेता र सञ्चारकर्मीका रुपमा चिनाउन सफल भएका छन्।

‘सानैदेखि अभिनय गर्ने रहर थियो’ श्यामले सुनाए ‘म्युजिक भिडियोमा खेल्दै जाँदा फिल्मबाट अफर पाएँ र खेलेँ।’ उनी द युगदेखि युगसम्म, आई एम सरिलगायतका आधा दर्जन फिल्ममा अभिनय गरिसकेपछि प्रोड्युसर नामक फिल्मबाट अभिनयसँगै निर्माणमा पनि अगाडि आए। ‘अब मरिना नामक अर्को फिल्म बनाउने तयारीमा छु उनले सुनाए।

उनको निर्माणमा बन्ने यो फिल्मको निर्देशन हाल अमेरिका बसेर फिल्म निर्देशन पढिरहेका अनुप गिरीले निर्देशन गर्नेछन्। म्युजिक भिडियो र फिल्ममा अभिनय गर्नुअगाडिको उनको पेशा र परिचय भने सञ्चारकर्म हो। उनले डेढ दशक यता सक्रियरुपमा सञ्चारकर्मीको भूमिका निर्वाह गर्दै आएका छन्।

‘फिल्म नै जानेको छु त्यसैले यसकै विधामा घुम्छु श्याम भन्छन् ‘त्यसैले सञ्चारकर्मसँगै फिल्मी करियरलाई पनि अगाडि बढाइरहेको छु।’ पोखराबाट सञ्चालित अन्नपूर्ण एफएममार्फत सञ्चारकर्ममा होमिएका श्याम शुरूआती दिनमा रहरले एफएम कार्यक्रम प्रस्तोका रुपमा छिरेका थिए। ‘तर यतिबेला यही नै पेसा भइसकेको छ। अन्नपूर्ण एफएममै काम गर्दा विस्तारै सिप्mट इन्चार्जसमेत भएका श्यामले त्यहीँबाट नेपाल वान टेलिभिजनका लागि पोखरा डटकम नामक कार्यक्रम तयार पार्थे। पोखराबाटै देखिएको उनको काम गर्ने शैलीकै कारण उनलाई २०६० सालमा काठमाडौं आउने अवसर मिल्यो। त्यसैबेला बिस्तारै युवापुस्ता माझ लोकप्रिय हुँदै गरेको इमेज एफएममा उनले काम गर्ने अवसर पाए। त्यसयता श्याम फिल्मसम्बन्धी कार्यक्रम प्रस्तुतिमै सक्रिय छन्।

‘शुरूआती दिनमा पेसा परिवर्तन गराँै या विदेश नै जाउँजस्तो पनि लागेको थियो’ श्याम सम्झिन्छन ‘सँगैका साथीले विदेशमा प्रगति गर्दा कहिले काही त्यतै जाने दबाब पनि आउने गथ्र्यो। अहिले म विदेश त जान्छु, तर त्यहाँ हुने इभेन्टलाई होस्ट गरेर फर्कन्छु। म विदेश पुग्दा साथीहरु कार्यक्रम हेर्न दर्शक बनेर आउँछन्।’

उनी कार्यक्रम सञ्चालनकै शिलशिलामा भारत, कतार, दुबई, मलेसिया, लण्डन, हङकङ, मलेशिया र थाइल्याण्ड पुगिसकेका छन्। हाल इमेज एफएमको मेचीदेखि महाकाली र सहयात्री कार्यक्रमका प्रस्तोता रहेका श्यामले तराई टेलिभिजनमा पनि फिल्मसम्बन्धी कार्यक्रम सिल्भर स्क्रिन र रियालिटी सो लिटल च्याम्पसको सञ्चालनसमेत गरिसकेका छन् भने दुई वर्ष यता इमेज च्यानलबाट प्रशारण हुने फिल्म सम्बन्धी कार्यक्रम पेज थ्रीको प्रस्तोता तथा निर्माता रहेका छन्।

श्यामले चलचित्र पत्रकार संघले आप्mनो स्थापना दिवसका अवसरमा प्रदान गर्ने चलचित्र पत्रकारिता पुरष्कार २०७३ र १०आंै बक्स अफिस फिल्म फेयर अवार्डमा चलचित्र पत्रकारिता पुरष्कार प्राप्त गरेका छन्। उनी हाल चलचित्र पत्रकार संघ नेपालको कार्यक्रम उपाध्यक्ष रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्