व्यस्त नै मस्त



भरतमोहन अधिकारी

कमल ढकाल
तपाईंहरुले यसरी चुनाव जित्नुहुन्छ भनेर मैले कल्पना पनि गरेको थिइन।’ राजा वीरेन्द्र वीर विक्रम शाहले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई २०४८ र २०५१ सालमा एमालेले जितेको चुनावलाई लिएर भनेको संवाद पूर्वउपप्रधान मन्त्री भरतमोहन अधिकारीले सुनाए।

अहिले न राजा वीरेन्द्र छन न मनमोहन। भर्खरै सम्पन्न भएको स्थानीय चुनावलाई लिएर फेरि उहाँहरु दुबै जनासँग संवाद हुन्थ्यो भने के हुन्थ्यो होला। यो आफ्नो–आफ्नो अनुमान हुन सक्छ।

भरत मोहनले भने यो जितलाई कसरी लिनुभएको छ त ? सोधे। भन्नुभयो ‘नेपाली जनताले दुुई पार्टी मात्र रुचाए, दुबैलाई संविधान कार्यान्वयन गर्न मिलेर जान आदेश दिए।’


भरतमोहन अधिकारी

आराम हराम हो भन्ने मनमोहनका भाइ भरतमोहन खालि बसेर आराम गर्नै सक्दैनन्।

कि लेखपढ कि भेटघाट कि केही न केही काममा ब्यस्त भइरहेका हुन्छन्।

ब्यस्तता नै मस्तता हो भन्ने उनमा परेको छ। खालि दिमाग भूतको घर उनी यही सुनेर हुर्के।

त्यही भएर दिमागमा नयाँनयाँ कुरा राखिरहन्छन्। नयाँ किताब निकाल्ने तयारीका साथ आजकल उनको दिन बितिरहेका छन्।

 

 


उमेर भनेको अंक त हो। भरतमोहन जीवनको ८१ अंकमा हिँडिरहेका छन्। ६४ वर्षअघि भारतीय कम्युनिस्ट पार्टीको बनारसमा लिएको सदस्य उनीसँगै हिँडिरहेको छ। कम्युनिस्ट पार्टीको यो दिन पनि आउला भन्ने उनको कल्पनामा पनि थिएन। कल्पनामा थियो भने पनि आफू पटक–पटक मन्त्री हुने उपप्रधानमन्त्री हुने कार्यवाहक प्रधानमन्त्री हुने अनि कार्यवाहक पार्टी अध्यक्ष बन्ने उनको सपना नै थिएन। अझै आफ्नै दाजुु मनमोहन देशको प्रधानमन्त्री नै बन्लान् भन्ने त सोचेकै थिएनन्।

नसोचेकै कुरा जीवनमा बढी हुन्छ। नसोचेकै सपना विपना बन्छ। जिन्दगी यस्तै रहस्य र रोचकताले भरिएको हुन्छ हरेकको। बनारसको डीएभी इन्टरकलेजमा पढ्थे भरतमोहन। अर्थशास्त्रमा एमए गरेपछि पीएचडी गर्ने विचार थियो उनको। तत्कालीन सोभियत सरकारले उनलाई लुबुम्वा विश्वविद्यालय, मस्कोमा पीएचडीको छात्रवृत्ति पनि दिएको थियो।

जीवनको धुन अर्कैतिर बज्दै थियो। उनले पीएचडीमा बजाउन खोजेर के बज्थ्यो र। २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी नेताहरुलाई थुने। पीएचडी गर्न पाएको छात्रवृत्ति छाडेर भरतमोहन आन्दोलनमा होमिए। चार जना कम्युनिस्टहरु एक वर्ष पनि सँगै हिड्न नसक्ने समयको फाइदा महेन्द्रले उठाए। पार्टी फुटेर साना गुटहरु बन्थे। गुटहरु उपगुटमा बिभाजित हुन्थे। यो समयमा पनि भरतमोहन भने कम्युुनिस्ट बलियो बनाउने र भएको सपना देख्दै हिँडिरहे।

२०३६ सालको आन्दोलनले कम्युनिस्ट पार्टीलाई मिल्न अलिक सहयोग गर्यो। ०४६ सालमा ७ पार्टीहरुको बाममोर्चा नै बन्यो। बाममोर्चा र कांगे्रसको संयुक्त आन्दोलनको धक्काबाट पञ्चायती व्यवस्था ढल्यो। आफूले संविधान आयोगको सदस्य बनेर संविधान लेख्नमा धेरै मेहनत गरेको भरतमोहन बताउछन्।

माक्र्सवादी र माले एकीकरण भएर बनेको नेकपा एमाले बन्नमा पनि भूमिका छ अधिकारीको। मनमोहन अधिकारीको भाइ भएर हैन भरतमोहन बनेर नै। २०५१ सालको मध्यावधि निर्वाचनमा राजा वीरेन्द्र चकित पर्ने गरि नेकपा एमाले सबभन्दा ठूलो दल भयो। मनमोहन अधिकारीको सरकारमा उनी अर्थमन्त्री भए। नौ महिना चलेको त्यो सरकार नेपाली अर्थतन्त्रको बिकासमा कोसेढुङ्गा सावित भयो।

आफ्नो गाउँ आफैं बनाऔं, बृद्ध भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका नयाँनयाँ कार्यक्रम पेश गरेर उनले चकित बनाए। त्यतिबेला आफ्नै पार्टीका नेताले समेत आफूलाई भरतमोहनजीले गाउँगाउँमा भ्रष्टाचार बढाउने काम गर्यो भनेर आलोचना गरेको उनी सम्झन्छन्। आफ्नै दाजुु तथा प्रधानमन्त्री मनमोहनले तैंले पैसा कहाँबाट ल्याउछस् गाउँमा बाड्न र वृद्ध भत्ता दिन भरतमोहन ? भनेर सोधेको, उनले बताए। कालान्तरमा आफ्नो गाउँ आफैं बनाउँ र बृद्ध भत्ता कसैले रोकेर रोक्न नसक्ने हरेक सरकारको अंग बन्यो।

०४८ सालयता ४ पटक सांसद निर्बाचित भए भरतमोहन। पटकपटक गरी ५ पटक विभिन्न मन्त्रालय सम्हाले। मान्छे पूर्ण सन्तुष्ट हुन खोज्छ। भन्छन् ‘मेरो आफ्नो जीवन मलाई सन्तुुष्ट नै लाग्छ तर आम जनता, किसान, सुकुम्बासी, दलित, महिला, कमैया, हलिया, मजदुरको जीवनमा परिवर्तन र खुसीयाली ल्याउन नसकेकोमा म चिन्तित छुु।’

भरतमोहनले पार्टी सक्रियता छाड्नेछुु भनेर एक वर्षअघि नै भनिसके। कलकलाउदो उमेरमा लागेको कम्युनिस्ट दर्शन बुझ्दै जादा झन् मन पर्दै गएको छ। अहिले व्यवस्थापिका संसद्को सदस्य उनी मेजर मिटिंगमा जान्छन् र परिपक्व दिमागको प्रयोग गर्छन्। कसैले सुनोस् नसुनोस् संसद्मा त रेकर्ड हुन्छ उनको भनाइ यस्तै छ। धेरै लोभ र लापको जीवनबाट टाढै छन् उनी।

जन्मेको केही वर्षमै मृत्युलाई जितेर बाँचेका हुन् भरतमोहन। बहिनी बिफरबाट बितिन्। उनी त्यही रोग लागे पनि बाँचे। मृत्युलाई जित्ने सिलसिला यहीबाट शुुरु भएको हो। त्यसबीचमा पनि धेरैपल्ट मृत्युुलाई जितिसकेका छन्।

पिता रामचन्द्र अधिकारीलाई माल अड्डाको सुुब्बा भएर महोत्तरी भ्रमरपुरा बस्दा भरतमोहन त्यही जन्मेका रहेछन्। उनका दाजुु मनमोहन भने लाजिम्पाटमा जन्मेका थिए। पुख्र्याैली थलो कटुन्जे, हुँदै तराई लागेका रामचन्द्रलाई सामाजिक सुधार र राजनीतिमा लागेको भनेर जग्गा जफत गरेकोले मुगलान हुँदै प्रवासमा लागेको भरतमोहन बताउछन्।
पिता रामचन्द्रबाट आएको राजनैतिक चेतले अहिलेसम्म काम गरिरहेको छ।

केही समयअघि स्वास्थमा समस्या देखिए पनि अहिले फिट छन् भरतमोहन। दिनहुँ लेखपढ र भेटघाटमैै बित्छ उनको। दैनिक पत्रपत्रिकामा लेख लेख्नुुका साथै विभिन्न मिडियमा अन्तवार्तामा व्यस्त देखिन्छन्। बृद्धबृद्धाका लागि केही गर्ने अठोटका साथ लागिरहेका छन्। पूर्वाञ्चलका बृद्धबृद्धाको भेला गराएर उहाँहरुलाई खानपान र सकेको आर्थिक दान र दोसल्ला प्रदान गरेर बृद्ध कुम्भ भेला गराए। नेपालमा विदेशलाई हेर्ने थिंक ट्यांकको आवश्यकता रहेको भनेर आजकल केही युवासंग मिलेर त्यसमा काम पनि गरिरहेका छन्।

आराम हराम हो भन्ने मनमोहनका भाइ भरतमोहन खालि बसेर आराम गर्नै सक्दैनन्। कि लेखपढ कि भेटघाट कि केही न केही काममा ब्यस्त भइरहेका हुन्छन्। ब्यस्तता नै मस्तता हो भन्ने उनमा परेको छ। खालि दिमाग भूतको घर उनी यही सुनेर हुर्के। त्यही भएर दिमागमा नयाँनयाँ कुरा राखिरहन्छन्। नयाँ किताब निकाल्ने तयारीका साथ आजकल उनको दिन बितिरहेका छन्।

सुुखी हुन धेरै दौडधुुप गर्नैपर्दैन। वेद पुराण पढेर हैन जीवनकै कुराले सुखी जीवन बनाउँछ। दुुःखका दश द्वार उनले बन्द गरेका छन्। ढिला सुत्ने ढिला उठ्ने उनी गर्दैन्। पटकपटक अर्थमन्त्री बनेर अर्थको विज्ञ बनेका उनी लेन देनको हिसाब राख्ने गर्छन्।

राजनीति काम नै समाजसेवा भएकाले उनी आफ्नो लागि भन्दा अरुका लागि केही गर्न खोज्छन्। अध्ययन र लेखनले उनलाई मेरै कुरा ठीक भन्ने मुर्ख बनाएको छैन। बिनाकारण झुट उनी बोल्दै बोल्दैनन्। कसैको विश्वास नगर्ने भन्ने उनमा लागू नै हुँदैन। समयमा समयको काम गर्छन्।

नमागेको लाई यसो गर भनेर सल्लाह दिने उनले आजसम्म गरेनन्। म यस्तो सुखी थिए अहिले के थिए र भनेर हिजोको सुख सम्झेर बस्दैनन्। म मेरै लागि भन्ने उनमा कहिल्यै छैन। श्रद्धा, नम्रता र योग्यताको मिलनले उनी दिनदिनै सम्मानित हुँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्