बार्सिलोनामा आतंककारी हमला



बार्सिलोना, (एजेन्सी)
स्पेनको बार्सिलोना शहरमा बिहीबार भएको आतंककारी हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीबार अपराह्न ५ बजे भएको सो घटनामा नागरिकहरू ठूलो संख्यामा बसेको स्थानमा लगेर भ्यान ठोक्काई उक्त आक्रमण भएको थियो।

आक्रमणमा परी करिब १ सय जना घाइते भएका छन्। स्पेनका गृहमन्त्री जोकिम फोर्नले सो घटना आतंककारी आक्रमण नै भएको जनाउनुभएको छ।

उहाँले घटनामा संलग्नहरूको पहिचानको प्रयास भइरहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्