मोदी–देउवा टेलिफोन वार्ता



काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकारको तर्पmबाट २५ करोड रुपियाँबराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारलाई समवेदना व्यक्त गर्नुभयो। ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ –प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि भन्नुभयो।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्