बार्सिलोना आक्रमणमा पीडित हुनेमा विभिन्न ३४ देशका नागरिक स्पेनी नागरिक



 

बार्सिलोना (स्पेन), २ भदौ । स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले शुक्रबार जनाएको छ ।

उक्त संस्थाका अनुसार घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक रहेका छन् । घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्याण्ड, चीन, भेनेजुयला, मौरीटानिया, अष्ट्रेलिया, बेलायत, आएरल्याण्ड, बेल्जियम, पोर्चुगल, अष्ट्रेलिया, ग्रीस, हङ्गेरी, मेसेडोनिया, अष्ट्रिया, टर्की लगायतका देशमा नागरिक परेका जनाइएको छ ।

घटनामा कुनै नेपाली परेको जानकारी बिहीबार अउरान्ह्सम्म खुलेको छैन ।

यसैबीच आक्रमणमा सम्लग्न रहेको आरोपमा स्पेनी सुरक्षाकर्मीले चौँथो आरोपीलाई पक्राउ गरेको छ । क्याम्ब्रिल तथा बार्सिलोनामा उक्त व्यक्तिले गरेका गतिविधिका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको ट्वीटमा जनाएको छ । रासस÷ एएफ्पी

प्रतिक्रिया दिनुहोस्