बाढीबाट मृत्यु भएका परिवारलाई २ लाख



सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बाढीका कारण मृत्यु भएका डोमी यादवको धर्मपत्नी धनादेवी यादवलाई दुई लाख हस्तान्तरण गर्दै

शिवहरि प्रसाद भट्टराई, राजविराज । अविरलको वर्षा र बाढीमा परी मृत्यु भएका परिवारलाई सप्तरी प्रशासनले दुई लाख रुपैयाँ राहत वितरण कार्य शुक्रवारदेखि थालेको छ । मन्त्री परिषद्को बैठकले गरेको निर्णय अनुसार सप्तरी प्रशासनले राजविराज नगरपालिकाको वडा नम्वर–१५ देउरीभरुवाका मृतक डोमी यादवका परिवारजनलाई दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मृतक यादवकी धर्मपत्नी घना देवी यादवलाई रकम हस्तान्तरण गर्दै आफुबाट हुनसक्ने अन्य सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बाढीबाट मृत्यु भएका परिवारजनलाई सरकारी राहत सहयोग रकम घरमै पुगेर वितरण गरिने वहाँले जानकारी दिनुभयो ।

अविरल वर्षा र बाढीमा परी सप्तरीको कोइलाडी–८ का आठ वर्षिय बालक कमलु सदा, बेल्ही चपेना गाउँपालिका वडा नम्वर–४ का ३२ वर्षिय कमला मुखिया, डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षिय नथुनी राम र राजविराज नगरपालिका– १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादवको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्