प्राविधिक नापजाँच विना सडक निर्माण, अवैज्ञानिक सडक समस्याको उपज



नेपाल समाचारपत्र, पाल्पा ।
जिल्लामा घरघरै मोटर पु¥याउने होडमा अवैज्ञानिक ढंगबाट सडक निर्माण गरिदा विभिन्न समस्याहरु देखा पर्न थालेका छन । गाउँ–गाउँमा सडक पु¥याउने होडसँगै विभिन्न स्थानमा अबैज्ञानिक तवरबाट ग्रामिण सडक निर्माण हुन थालेपछि अवैज्ञानिक ढंगले खासगरी डोजरको प्रयोगले गर्दा वन विनाश, भू–क्षय र सवारी दुर्घटनामा समेत वृद्धि भएको पाइएको छ ।

प्राविधिकको नाप जाँच र योजना बिना न्यूनतम मापदण्ड समेत पूरा नगरी ग्रामिण सडक निर्माण हुन लागेपछि वन विनाश सँगै भू–क्षय र सवारी दुर्घटनामा वृद्धि भएको जानकारहरु वताउछन ।

ग्रामिण सडक निर्माण गर्दा सडक किनारामा नाली, कलभर्ट निर्माण नगरिनु, प्राविधिकको नाप जाँचबिना स्थानीय बासिन्दाको सिफरिस र डोजर अपरेटरको अनुमानको आधारमा सडक निर्माण गरिनु भूक्षयको प्रमुख कारण भएको जिल्ला वन कार्यालयको भनाइ छ ।

कार्यालयका प्रमुख प्रविण आचार्य प्राविधिकहरुको ईष्टिमेटबना निर्माण गरिएका ग्रामिण सडक मापदण्ड पूरा गरेका र सन्तुलित हुँदैनन, त्यसमाथी क्षमताभन्दा बढी यात्रु र सामान ढुवानी गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् । सवारी साधनलाई पर्याप्त मोड्ने ठाउँ नहुँदा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्ता सवारी साधनलाई कार्वाही गर्ने गरिए पनि समस्या रहिरहेको उनको भनाइ छ ।

 

ग्रामिण सडक निर्माण गर्न अहिले नीजि लगानीका डोजरहरु व्यापक रुपमा प्रयोगमा आएका छन् । उनीहरुले वातावरणीय सन्तुलन कायम नगरी जथाभावी सडक निर्माण गरेको स्थानीय वासिन्दाहरुको गुनासो छ । खासगरी आर्थिक वर्ष समाप्त हुने वेला सडक खन्ने होडवाजी नै हुने र यस्तो वेलामा सडकहरु वढी संख्यामा खनिने गरेको भेटिन्छ । यसरी वर्षातको वेला डोजर लगाएर खन्दा भु सतह कमजोर रहने हुदा वर्षातको पानीले पहिरो जाने गरेको भेटिन्छ ।

जिल्लामा जिल्ला प्राविधिक कार्यालयसँग समन्वय गरी बनाइएको सडकको लम्बाई करिव १ हजार पाँच सय किलोमिटर रहेको तर प्राविधिक कार्यालयसँग समन्वय नगरी निर्माण गरिएको सडकको तथ्याड्ढ कार्यालयमा नहुने जिल्ला प्राविधिक कार्यालयको भनाइ छ ।

 

ग्रामिण सडक निर्माण कार्यले पाल्पामा ०५२ सालदेखी नै तिब्रता पाएको हो । सामुदायिक वनको काठ बिक्रीबाट प्राप्त रकम डोजर प्रयोग गरी सडक निर्माणमा खर्चिन लागेपछि जिल्लामा वनविनाशसँगै भू–क्षय बढेको हो । जिविसका पूर्व सभापति प्रेमनाथ बस्याल यस सम्बन्धमा सरकारले उचित कानूनको निर्माण नगरेकोले नै यस्ता समस्या उत्पन्न भएको आरोप लगाउनुहुन्छ ।

उहाँले भन्नुभयो –‘कुनै वेला कुनै पनि उपकरण प्रयोग नगरी वनाइएको नमुना कृषि सडकका कारण पाल्पा जिल्ला देशभर नै प्रख्यात भएको थियो तर अहिले आएर जहापनि वाटैवाटा वनेका छन त्यसले जिल्लाकै वदनाम हुने अवस्था आउन थालेको छ । ’

प्रतिक्रिया दिनुहोस्