बलान खोलाले बगाउन थालेपछि किसान चिन्तित



बलान खोलाको बाढीले लहान नगरपालिका २३ तिलेबोनाका खेतीयोग्य जमीन कटान गरी बगाउन थालेको देखाउदै स्थानीय किसान

फिरोज सिद्दिकी, सिरहा ।
सिरहा र सप्तरी छुट्याउने बलान नदीमा आएको बाढीले सिरहा तर्फका धान खेत कटान गरी बगाउन थालेपछि त्यस क्षेत्रका किसान चिन्तित बन्न थालेका छन् ।

विगत एकसातादेखि लगातार आएको बाढीले बलान नदीको पश्चिम किनारा लहान नगरपालिका वडा नम्बर २३ तिलेबोनाका सैयौं विघा धान बाली लगाएको खेत कटानगरी बगाउन थाले पछि किसान चिन्तीत बनेका हुन् ।
बलान नदीको कटान नियन्त्रण गरिएन भने वाढी गाउँ नै पस्ने हो कि भन्ने चिन्ताले चिन्तित बनाएको स्थानीयहरुको गुणासो रहेको छ । तिलोबोना गाउँका धनिकलाल यादव र विरेन्द्र यादवको मात्रै तीन विघा धानवाली लगाएको खेत कटान गरी बगाएको छ भने अरु कतिलाई  सुकुम्वासी बनाइसकेको स्थानीय मुशहरु यादवले बताउनु भयो ।

राष्ट्रिपति चुरे संरक्षण अन्तर्गत पहिरो नियणत्रण, नदी खोला किनारको जमीन नियणनत्रणमा यस वर्ष दुई करोड ५६ लाख खर्च भैसकेको जिल्ला भूसरक्षण कार्यालय सिरहाका कार्यालय प्रमुख गंगाप्रसाद महतोले जानकारी दिनु भयो । उहाँले सिरहाको दक्षिणी भेगमा जमीन कटान नियणत्रणको काम जल उत्पन्न प्रकोप कार्यालय लहानले गरिरहेको बताउनु भयो ।

यता जल उत्पन्न प्रकोप कार्यालय लहानका प्रमुख रामनरेश मण्डलका अनुसार सिरहा सप्तरी पूर्व पश्चिम दुवै किनारामा जमीन कटान नियणत्रणको लागि आठ करोड रकम आएपनि त्यस कामको लागि ठेक्का लिएका ठेक्केदारहरुले ढिला सुस्ती गरिरहेको कारण काम हुन नपाएको बताउनु भयो ।

स्थानीयवासीको अनुसार प्रत्येक वर्ष जमीन कटान नियणत्रणको लागि एक आध टयाक्टर वोल्डर सिमेन्ट ल्याएर समान्य तार जाली र क्रेटिङग गर्ने गर्छ यस्ता क्रेटिङगलाई पहिलो पटक आउने वाढीले नै वगाएर लग्ने गरेको छ । कहिले पनि राम्रोसंग काम नभएको जन गुनासो रहेको छ ।

सिरहाको पश्मिमा वग्ने सिरहा धनुषाको सिमाना रहेको कमला नदी नियणत्रणको लागि गएको वर्ष २३ करोडको काम हुँदा पनि यस वर्षको वाढीले सिरहाको चतरी, बनिनया, भोक्राहा चिकना, वसविटा, सारश्वर, माडर लगायत दर्जनौ गाँउमा वाढी पसेर ठूलो क्षति पु¥याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्