सिचाईको रकममा चलखेल, दर्जन बढी सिंचाई योजनाबाट कमिसन असुल्दै हाकिम साप !



दिपेन्द्र शर्मा, जाजरकोट ।
सिंचाई विकास डिभीजन कार्यालय जाजरकोटले कमीशनको प्रलोभनमा अधुरो आयोजनालाई भुक्तानी दिएको खुलासा भएको छ । कार्यालयले जिल्लाका विभिन्न सिचाईं योजनामा कामै नगरी भुक्तानी गरेको पाइएको हो । नयाँ प्रविधि कार्यक्रम अन्र्तगतको भेरी नगरपालीका ५ इवरको ईवर सिंचाई योजनामा कार्यालय प्रमुख इन्जिनियर थलबहादुर तामाङले कमिसनको प्रलोपनमा पाईप खरीदको काम नगरेरै २४ लाख भुक्तानी गरेको पाइएको छ ।

योजनामा ५ लाखको मात्र पाईप किनेर अरु वाकी रकम कमिसन खाने योजना बुनिएको कार्यालयका एक कर्मचारीले बताए । कार्यालय प्रमुख तामाङले साईड ईन्चार्जलाई दवावमा पारेर विल बनाउन लगाएको खुल्न आएको छ । । प्रमुख तामाङ्ले गत आर्थिक बर्षमा ईवर जस्तै कार्य सम्पन्न नभएका अन्य दर्जन सिंचाई योजनाका उपभोक्तालाई रकम भुक्तानी गरेका छन् ।

विविध कारणले योजना स्थलसम्म पाईप पुरयाउन नसकिएको ईवर सिचाई जल उपभोक्ता समितिका अध्यक्ष मनविरे रोकायले बताए । योजनाको पाईप तत्काल खरीद तथा ढुवानी गर्ने अध्यक्ष रोकायले बताए ।

१० प्रतिशत कमीशनको प्रलोभनमा तामाङले अधुरो योजनाको पुरै मुल्यांकन गरेको स्थानीय अमर वहादुर शाहले बताए । कमीशन नदिने उपभोक्ताको कार्य सम्पन्न भए पनि मुल्यांकन घटाएर पुरै भुक्तानी नदिने गरेको शाहले वताए । अर्गीम १० प्रतिशत कमीशन बुझाउने उपभोक्तालाई काम भए पनि नभएपनि भुक्तानी गर्ने र कमीशन नबुझाउनेलाई विल बनाउन तथा चेक काट्न आलटाल गर्ने गरेको शाहको भनाई छ ।

भौगोलिक विकटता, समयमा बजेट निकासा नहुने लगाएत काराण कतिपय योजना सम्पन्न हुन नसकेको कार्यालयका सुचना अधिकारी सब ईन्जिनियर रामपति साहले बताए । विकटता तथा समय अभावले अन्तिम मुल्यांकन गर्न योजना स्थल पुग्न नसक्दा र उपभोक्ताको विश्वासमा परेर विल बनाउदा भुक्तानी बढी गएको हुन सक्ने सब ईन्जिनियर साहले बताए । जाजरकोटका उपभोक्ता तथा ब्यबशायीले योजना गुणस्तरीय बनाउन आलटाल गर्ने र कामै नगरेर रकम भुक्तानी लिन मात्र जोडबल गर्ने गरेको उनले बताए ।

आर्थिक बर्ष २०७३/७४ मा कन्टेन्जेन्सीको निउमा २० लाख सिंचाई डिभीजन कार्यलय प्रमुख र कर्मचारीहरुले कार्यालय ब्यबस्थापन र दैनिक भ्रमण भत्ता शीर्षकमा उक्त रकम झ्वाम पारेका छन । विकासे कार्यालयले प्रत्येृक योजनाबाट भुक्तानी खर्चको ५ प्रतिशत कन्टेन्जेन्सी बाफत रकम काट्ने गरेका छन् ।

कार्यालयले आर्थिक बर्ष २०७३÷७४ मा नया“ प्रविधि कार्यक्रमका ४ सिच्ाँईं आयोजनाका लागि ४८ लाख, मर्मत कार्यक्रमका ११ योजनामा ४२ लाख ३९ हजार र आधा दर्जन मझौला सिच्ाँर्इं योजनाका लागि २ करोड ९३ लाख बजेट खर्च गरेको सिंचाई डिभीजन जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्