रियल मेड्रिडले जित्यो सुपर कप



 

मेड्रिड, (एजेन्सी)
बार्सिलोनालाई पराजित गर्दै रियल मेड्रिडले स्पेनिस सुपर कप उपाधि उचालेको छ।

बार्सिलोनाको घरेलु मैदान सान्टियागो बेर्नबेउमा भएको खेलमा रियल मेड्रिडले चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै उक्त उपाधि उचालेको हो। नयाँ सिजनमा रियलले दोस्रो उपाधि जितेको छ। केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि जितेको थियो। जिदान प्रशिक्षक भएयता रियल मेड्रिडले दुईपटक च्याम्पियन्स लिग र गत सिजन ला लिगाको उपाधि जितिसकेको छ।

पाँच खेलको प्रतिबन्धका कारण स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको उक्त दोस्रो लेगमा बार्सिलोनााथि २–० को जित निकालेको रियल मेड्रिड समग्रमा ५–१ ले विजयी भयो। पहिलो लेगमा दोहोरो पहेलो कार्ड पाएका रोनाल्डोमाथि रेफ्रीलाई दुब्र्यहार गरेका कारण पाँच खेल प्रतिबन्ध लागेपछि बुधबार रातिको खेल गुमाएका थिए।

पहिलो लेगमा रियलले बार्सिलोनाको नोउ क्याम्प मैदान ३–१ ले विजयी बनेको थियो। बुधबार राति भएको दोस्रो लेगको खेलको चौथो मिनेटमा नै मार्को एसेन्सिओले २५ यार्डको दूरीबाट गरेको गोलमार्फत् रियलले खेलमा शुरूवाती अग्रता लिएको थियो। यस्तै खेलको ३९औं मिनेटमा मार्सेलोको क्रसमा करिम बेन्जेमाले गोल गरेपछि पहिलो हाफसम्म घरेलु टोली २–० ले अगाडि रर्यो।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि पाहुना टोली बार्सिलोनाले गोल भने फर्काउन सकेन। लियोनल मेसी र लुइस स्वारेज दुवैको प्रहार बारमा लागेर फर्कनु बार्सिलोनाका लागि दुर्भाग्य सावित भयो। जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले लगातार उपाधि चुम्ने क्रम यस सिजनमा पनि जारी नै राखेको छ।

प्रतिक्रिया दिनुहोस्