बलात्कृत बालिकाले बच्चा जन्माइन्



 

नयाँ दिल्ली, (एजेन्सी)
गत महिना भारतको सर्वोच्च अदालतद्वारा गर्भपतनका लागि अनुमति नदिइएका बलात्कारपीडित १० वर्षीया बालिकाले शिशु जन्माएकी छिन्। उनी आफ्नी काकाबाट बलात्कृत भएकी थिइन्। ती बालिकाले आफूले बच्चा जन्माएको थाहा पाएकी छैनन्।

उनलाई यसअघि पेटमा ढुंगा भएकाले उनको पेट फुलेको भनी बताइएको थियो। चण्डीगढमा सिजरिन प्रविधिबाट जनमाइएको बच्चाको वजन साढे दुई किलोग्राम रहेको बताइएको छ।

बीबीसीले आमा र शिशु दुवैको स्वास्थ सन्तोषजनक रहेको जनाएको छ। उनलाई विगतमा लगातार ७ महिनासम्म बलात्कार गर्ने उनको काकालाई प्रहरीले पक्राउ गरेको थियो।

करिब एक महिनाअघिमात्र पेट दुःखेको गुनासो गर्दा उनको अभिभावकले अस्पतालमा जचाउँदा उनी गर्भवती भएको पत्ता लागेको थियो। उनको गर्भको शिशु ३२ हप्ता पुगिसकेकाले गर्भपतन गराउँदा उनको ज्यानलाई खतरा हुनेछ भनी चिकित्सकहरूको एक आयोगले चेतावनी दिएकाले सर्वोच्च अदालतले उनको गर्भपतनमाथि रोक लगाएको थियो। त्यसअघि तल्लो अदालतले पनि यही आधारमा उनको गर्भपतन रोक्ने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्