उकालीमा सलोन र साम्राज्ञीको रोमान्स



 

नायिका झरना थापाको डेब्यु निर्देशन तथा सुनील थापाको प्रस्तुतिमा बनेको फिल्म ए मेरो हजुर–२ को उकालीमा जाँदाजाँदै बोलको गीत सार्वजनिक गरिएको छ। आगामी भदौ १६ मा अलनेपाल रिलिज हुन लागेको फिल्मको राजधानीको कमलपोखरीस्थित सीटी सेन्टरको बिग मुभिजमा आयोजित कार्यक्रममा फिल्मकी निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिन बानिया, सलोन बस्नेतदेखि गीतका गायकगायिका राजेशपायल राई, इन्दिरा जोशी, वसन्त निरौलालगायत फिल्म युनिटको सहभागिता रहेको थियो। गीतको भिडियोमा साम्राज्ञीसहित नवनायक सलिमान बानिया, नायक सलोन बस्नेतलगायत देखिएका छन्।

कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले गीतबाट राम्रो अपेक्षा राखेको बताइन्। ‘गीत राम्रँे बनेको छ, जहाँसम्म मलाई लाग्छ यो गीत सबैले मन पराई दिनुहुनेछ’ –उनले भनिन्। नायिका साम्राज्ञीले यो गीत अन्यभन्दा विशेष रहेको दाबी गरिन्। ‘गीतमा सबै कास्ट छौं। गीत निकै रमाइलो छ। गीत गर्ने बेलामा हामीले निकै इन्जोए गरेका थियौं’ –उनले भनिन्। नवनायक नायक सलिनमान बानियाले फिल्मको गीत सुटिङ आफूलाई निकै सजिलो महसुस भएको बताए। नायक सलोन बस्नेतले गीत राम्रो रहेको र फिल्मका लागि पनि सबैको सर्पोटको आवश्यकता रहेको बताए।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा गायक राजेश पायल राईले गीत राम्रो बनेका र हिट हुने कुरामा आफू विश्वस्त रहेको बताए। ‘मुम्बईमा एरेन्ज गरिएको यो गीतको अडियो मैले केही दिनअघि शेयर गरेको थिए। धेरैले मन पराइदिनुभएको थियो। तर, पछि डिलिट गर्नुपर्र्यो’, राजेशपायलले भने– ‘शिव श्रेष्ठ भुवन केसी, राजेश हमाल, शोभित बस्नेतदेखि उहाँको छोरा सलोन बस्नेतसँग पनि काम गरिरहेको छु। दुवै पुस्तासँग काम गर्न पाएको मा आफूलाई भाग्यमानी ठान्छु।’ गायिका इन्दिरा जोशीले गीत फास्ट ट्रइकमा रहेको र स्टेजमा गाउनका लागि नयाँ गीत थपिएको बताइन्।
फिल्मका अन्य कलाकारहरुमा विल्सन विक्रम राई, बुद्धि तामाङ, अम्बर सुवेदी, अनुभव रेग्मी, सुमन ढुंगेललगायत रहेका छन्। कल्याण सिंह र वसन्त सापकोटाको संगीत रहेको फिल्ममा कविराज गहतराज र रेनेशा बान्तवा राईको कोरियोग्रफी रहेको छ। छायांकन सञ्जय लामा र द्वन्द्व रोशन श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्