उसेन बोल्टको दुःखद बिदाइ



 

कविरस शर्मा
उसायद कसैले सपनामा पनि सोचेको थिएन होला कि एथ्लेटिक्स जगत्मा तेज गतिका बादशाहको उपनामले परिचित उसेन बोल्टले एथ्लेटिक्स ट्रइकबाट यसरी बिदा लिन्छन् होला भनेर। अगस्ट ४ देखि १३ सम्म लन्डनमा भएको इन्टरनेसनल एसोसिएसन अफ एथ्लेटिक्स च्याम्पियनसिप २०१७ मा उनी ४ सय मिटरको रिले रेसका लागि ट्रइकमा तयारी अवस्थामा थिए। वास्तवमा विश्व एथ्लेटिक्सका लागि यो रेस विशेषसमेत बनेको थियो। हुन पनि यो बोल्टको करियरको अन्तिम रेस थियो। अनि स्टेडियम पनि त्यही नै थियो जहाँ सन् २०१२ को ओलम्पिकमा बोल्टले गोल्डेन ह्याट्रिक गरेका थिए।

आफ्नो पालो आएसँगै उनले दौडिन शुरु मात्र के गरेका थिए, अचानक उनको खुट्टा लड्खडाउन थाल्यो। त्यसपछि ट्रइकमै लडेका बोल्ट पीडाले कराउन थाले। उनको आँखा आँशुले भिजिसकेको थियो।

यो दृश्य देखेर पूरै स्टेडियममा मौनता छाएको थियो। यस्तो नहुनु पनि कसरी। बोल्ट आफ्नो करियरको अन्तिम रेस दौडिरहेका थिए। उनी उक्त रेस दुनियाँभरका आफ्ना करोडौं प्रशंसकमाझ सुखद् र सम्झनलायक बनाउन चाहन्थे। सायद सो चाहना उनको भाग्यमा लेखिएको थिएन। यही कारणले उनले रेफ्मा संलग्न आफ्ना अन्य साथीहरुसँग माफी माग्न विवश भए।

४ सय मिटर रिले रेसका क्रममा पीडाले छट्पटाएपछि उनलाई ह्विलचियरमा राखेर ट्रइकबाहिर लैजाने तयारी गरिएको थियो। तर, उनले त्यसलाई अस्वीकार गरे। त्यसपछि उनले आफ्ना साथीहरुको सहारामा विस्तारै हिँडेर निर्धारित दूरी पूरा गरे।

उनले आधिकारिकरूपमा उक्त रेस पूरा गर्न नसके पनि साथीहरुको काँधको सहारामा भने ल्याप पूरा गरेरै छाडे। रेसमा हार बेहोरेपछि आफ्ना साथी खेलाडीहरूसँग उनले पटक–पटक माफी मागेका थिए। यो अविश्वसनीय घटना रिले रेसको अन्तिम राउन्डमा घटेको थियो।

यस पटक उनी दुई वटा इभेन्टस्मा प्रतिस्पर्धा गर्न लन्डन पुगेका थिए। दौडेर सनसनी मच्चाउने जमैकाका कीर्तिमानी धावक बोल्ट यसअघि नै स्तब्ध बनिसकेका थिए। उनी प्रतियोगिताको १ सय मिटर दौडमा तेस्रो भएका थिए। खेलबाट संन्यासको क्रममा करियरको अन्तिम प्रतिस्पर्धामा तेस्रो बनेर खेलमा विश्राम लिनु कसैका लागि सुखद् कुरा होइन। तर, कीर्तिमानी बोल्ट भने यसबाट गुज्रिनुपर्यो। १ सय मिटरको दूरी ९.५८ सेकेण्डमा पूरा गरेर विश्व कीर्तिमान कायम गरेका ३० वर्षीय बोल्टले आफ्नो करियरको अन्तिम प्रतिस्पर्धामा तेस्रो स्थानमा नै चित्त बुझाउँछ भनेर कसैले सोचेका पनि थिएनन्। यता उनलाई उछिन्दै जस्टिन ग्याटलिनले स्वर्ण पदक हात पारे। बोल्टले प्रतिस्पर्धा गरेको दौडमा अमेरिकाका ग्याटलिनले सफलता पाउनु कुनै चानचुने कुरा थिएन। ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा उक्त दौड पूरा गरे। उक्त दौडमा बोल्ट अमेरिकाकै क्रिस्चियन कोलम्यानसँगसमेत पछाडि परेपछि तेस्रोमा चित्त बुझाउन बाध्य बनेका थिए।

१ सय मिटरअन्तर्गत बोल्टको अन्तिम प्रतिस्पर्धाको रूपमा रहेको उक्त दौडमा दोस्रो बनेका कोलम्यानले निर्धारित दूरी ९.९४ मा पूरा गर्दा बोल्टले ९.९५ सेकेण्डको समय निकाले। योसँगै ३५ वर्षीय ग्याटलिनले प्रतिबन्धबाट प्रभावित आफ्नो करियरको तीतो विगतलाई बिर्साउनुका साथै प्रतिद्वन्द्वी र समर्थकलाई पनि आश्चर्यमा पारे।

यता आफ्नो करियरको अन्तिम प्रतियोगिता भने बोल्टका लागि बिर्सनलायक बन्यो। यसअघि बोल्टले सन् २०१५ मा बेइजिङमा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा ग्याटलिनलाई पछि पारेका थिए। तर, यस पटक लन्डनमा जारी प्रतियोगितामा भने बोल्टले पछिल्लो प्रदर्शन दोहोर्याउन सकेनन्। योसँगै करियरको अन्तिम दौडमा राम्रो नतिजा निकालेर करियरको सुखद् अन्त्य गर्ने ८ वटा ओलम्पिक स्वर्ण पदक विजेताको इच्छा भने पूरा हुन सकेन।

११ पटकका विश्व च्याम्पियन उनी १ सय मिटरका मात्र होइन २ सय मिटरका पनि कीर्तिमानधारी खेलाडी हुन्। सन् २००९ मा बर्लिनमा भएको वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा उनले २ सय मिटरको दूरी १९.१९ सेकेण्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए। १ सय मिटर र २ सय मिटरको प्रतिस्पर्धामा लगातार तीन ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी एक्ला खेलाडी हुन्।

सन् २००१ मा हंगेरीमा सम्पन्न आईएएएफ वल्र्ड युथ च्याम्पियनसिपमा खेल्दै अन्तर्राष्ट्रिय खेल करियरको शुरुआत गरेका उनले उक्त प्रतिस्पर्धाको २ सय मिटर २१.७३ मा पूरा गरेका थिए। फाइनल इभेन्टस्का लागि छनोट हुन असफल भए पनि व्यक्तिगत प्रदर्शन भने उनले सुधार गरेका थिए। त्यसपछि क्रमिकरूपमा प्रदर्शनलाई सुधार गरेका उनले १ सय मिटर, २ सय मिटर र ४ सय मिटर रिलेमा लगातार ७ वर्ष विश्व च्याम्पियन बने। उनले सन् २००९ देखि २०१५ सम्म लगातार स्वर्णमा आफ्नो नाम लेखाए।

१ सय मिटर स्प्रिन्टरमा यसअघि नै जस्टिन ग्याटलिनबाट माथ खाएका उनलाई ४ सय मिटर रिलेमा भने आफ्नै बायाँ खुट्टाले साथ दिएन।
करियरकै कोसेढुंगाको रूपमा सन् २००८ मा बोल्ट सनसनीपूर्ण तरिकाले ओलम्पिक एरिनामा प्रवेश गरेका थिए। बेइजिङ ओलम्पिक थियो त्यो। जहाँ उनले तीन वटा स्वर्ण पदक कब्जा गरेका थिए। जसमध्ये रिलेअन्तर्गतको इभेन्टस्मा उनका अन्य तीन खेलाडी साथीमध्ये एक जना डोपिङमा असफल भएपछि एउटा पदक खोसिनुको पीडासमेत उनले अनुभव गरेका थिए। त्यसपछिको ८ वर्षसम्म भने विश्व एथ्लेटिक्समा उनले आफ्नो आधिपत्य जमाए।

प्रतिक्रिया दिनुहोस्