महान्यायाधिवक्ताले आज शपथ लिने



 

काठमाडौं, (नेस)
सरकारले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई नियुक्त गरेको र शपथ आज शुक्रबार गर्ने भएको छ। नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

विसं २००२ मा काठमाडौंको ठमेल गल्कोमा जन्मनुभएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। उहाँले विसं २०३० देखि वकालत शुरू गर्नुभएको हो। उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्