मृतकका परिवारलाई राहत रकम वितरण



 

भद्रपुर, (नेस)
अविरल वर्षासँगै आएको बाढीले झापामा मुत्यु भएका मृतकका परिवारलाई राहतस्वरुप २ लाखको दरले रकम वितरण गरिएको छ।

सरकारले बाढीले बगाएर मुत्यु भएका मृतकका परिवारलाई २ लाख राहत दिने घोषणा गरेसँगै जिल्ला दैविक प्रकोप उद्धार समिति, झापाले बिहीबार उक्त रकम वितरण गरेका हुन्। दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको टोलीले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिका ७ परिवार १४ लाख रुपियाँ वितरण गरेका हुन्।

बाढीले मुत्यु भएका झापा गाउँपालिकाका–३ बस्ने अन्दाजी ३५ वर्षीय कमला दर्नाल र उनी छोरी सुखी दर्नाल, सोही गाउँपालिका–३ बस्ने ३५ बर्षिय धनमाया घोर्षाने, झापा गाउँपालिका–१ बस्ने कालीप्रसाल राजवंशी र सोही गाउँपालिका–४ बस्ने ७ वर्षीय कुलुसन खातुनका परिवारलाई राहत वितरण गरेका थिए।

उनीहरूका परिवारजनलाई सांसद केशवकुमार बुढाथोकी, जिल्ला समन्वय समिति, झापाका प्रमुख सोम पोर्तेल र प्रमुख जिल्ला अधिकारी तिवारीले नगर हस्तारण गरेका थिए। त्यस्तै शिवसताक्षी नगरपालिका–१ बस्ने २८ वर्षीय लेखनाथ पाण्डेको घरमा गएर टोलीले नगद वितरण गरेका थिए। हालसम्म झापामा बाढीले १३ जनाको ज्यान गएको छ भने २ जना अझै बेपत्ता रहेका छन्। सात परिवारलाई बिहीबार राहत रकम वितरण गरिएको र बाँकी ६ परिवारलाई शुक्रबार राहत रकम वितरण गरिने प्रजिअ तिवारीले बताए। राहत वितरण कार्यक्रमका स्थानीय विकास अधिकारी खेमराज ओझा, प्रहरी प्रशासन प्रमुख, निर्वाचित जनप्रतिनिधि, राजनितिदलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।

झापामा सबैभन्दा बढी धनजनको क्षति झापा गाउँपालिकामा भएको छ। झापा गाउँपालिक– ६ जनाको मुत्यु भएको छ भने २ जना बेपत्ता पनि सोही गाउँपालिकाको रहेका छन्। झापा गाउँपालिकामा अहिले बाटोघाटो भत्किएको, पुल कल्भर्ट बगाएको, खेती योग्य जमिन बगरमा परिणत भएको, बाढीले घर बगाएको छ, भने भत्किएको घरमा बस्ने अवस्थामा बाढीपीडित नरहेको त्यहाँका स्थानीयबासी बताउँछन्। आइतबारदेखि त्यहाका सबै विद्यालय बन्द रहेको छ। महामारी फैलिन नदिन त्यस क्षेत्रमा झापा प्रशासनले सतर्कता अपनाइसकेको र राहत सामग्री वितरण कार्यलाई समेत तिव्र बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्