सिद्धार्थ बैंकको शाखा ताप्लेजुङमा



रविन भट्टराई, ताप्लेजुङ ।
सिद्धार्थ बैंकले ताप्लेजुङ सदरमुकाम फुङलिङमा आफ्नो शाखा बिस्तार गरेको छ । विहिवारदेखि शाखा स्थापना गरी कारोबार सुरु गरेको हो ।

अन्य बैकको तुलनामा यस बैकले गुणस्तरीय सेवा प्रबाह गर्ने योजनामा आफुहरु रहेको बैकका प्राविधिक प्रमुख सृजनकृष्ण मल्लले बताउनुभयो । बैकले सदरमुकामको प्रबेशद्धार तोक्मे डा“डा“मा कार्यालय राखिएको छ । विहिबारनै ताप्लेजुङ सहित लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा पनि शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सहित बैंकले हाल देशभर ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४ सय ५० भन्दा बढी पीआएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

आर्थिक वर्ष ०७३÷०७४ को आषाढ मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकको निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६६ अर्ब ६ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्