गुल्मीबाट वर्षेनी १ सय भन्दा वढी मानिस हराउँछन्



अनिल खत्री,गुल्मी ।
गुल्मीबाट झण्डै १ सय मानिस हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको गत तिन वर्षको तथ्याङ्ग अनुसार वर्षेनी महिला, पुरुष, वालवालिका हराउने गरेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा ९२ महिला हराएका छन् ।

आर्थिक वर्ष २०७२÷०७३ मा ६२ जना र २०७३÷०७४ मा जना हराएको प्रहरीको तथ्याङ्गमा उल्लेख छ । हराएका महिलाहरु मध्ये आर्थिक वर्ष २०७१÷०७२ मा ३७ जना फेला परेका छन् भने ५४ जना फेला नपरेको प्रहरीलेको तथ्याङ्गमा उल्लेख छ । आर्थिक वर्ष २०७२÷०७३ मा हराएका मध्ये २५ जना फेला परेका छन् भने ३७ जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा ११ जना फेला परेका छन् भने ६० जना महिला अजै फेला नपरेको प्रहरीले जनाएको छ । जिल्लामा हराउने पुरुषको संख्या पनि उत्तिकै रहेको छ । आर्थिक वर्ष २०७१÷०७२ मा १४ जना हराएका छन् ।
हराएका मध्ये ५ जना फेला परेका छन् भने ९ जना पुरुष अजै फेला परेका छैनन् । आर्थिक वर्ष २०७२÷०७३ मा १७ जना पुरुष हराएका छन् । हराएका मध्ये ९ जना फेला परेका छन् भने ८ जना पुरुष अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा १८ जना पुरुष हराएका छन् । हराएका मध्ये ७ जना फेला परेका छन् भने ११ जना पुरुष अजै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । जिल्लामा वर्षेनी वालवालिकाहरु पनि हराउने गरेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा ६ जना वालक हराएका छन् । हराएका मध्ये २ जना फेला परेका छन् ।

हराएका मध्ये २ जना फेला परेका छन् भने ४ जना वालक अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमा १९ जना वालिक हराएका छन् । हराएका वालिका मध्ये १५ जना फेला परेका छन् भने ४ जना अजै फेला परेका छैनन् ।

आर्थिक वर्ष २०७२÷०७३ मा ११ जना वालक हराएका छन् । हराएका मध्ये ५ जना फेला परेका छन् भने ६ जना अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमा ६ जना वालिका हराएका छन् ।

हराएका मध्ये ५ जना फेला परेको र १ जना अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ११ जना वालक हराएका छन् । हराएका मध्ये ४ जना फेला परेका छन् भने ७ जना अजै फेला परेका छैनन् । सोहि आर्थिक वर्षमै १५ जना वालिका हराएका छन् ।

हराएका मध्ये ५ जना फेला परेका छन् भने १० जना अजै फेला नपरेको प्रहरीको तथ्याङ्गमा उल्लेख रहेको छ । हराउने मध्ये धेरै जसो २० वर्ष देखि ३५ वर्ष भित्रका रहेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिए ।

हराएका मध्ये धेरै जसो फेला परे पनि प्रहरीकहाँ जानकारी नगराउने गरेको नेपालले जानकारी दिए । हराए भन्दै प्रहरीकहाँ आउछन् प्रहरी नायव उपरिक्षक नेपालले भने ‘भेटिए केहिले खबरै गर्दैनन् ।’ भेटिए पछी खबर नगर्नाले पनि प्रहरीको हराएको तथ्याङ्गमा रहिरने गरेको नेपालको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्