बाढीपीडितलाई एक महिनासम्म पुग्ने खाद्यन्न दिइँदै



नेपाल समाचारपत्र,काठमाडौ ।

गृह मन्त्रालयले आजदेखि बाढी पहिरोपीडिलाई एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ। गृहमन्त्रालयले बिहिबारदेखि प्रति परिवारलाई एक महिनालाई पुग्ने राहत वितरण गरिने जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार आजदेखि प्रभावित सबै जिल्लाका बाढी पहिरो पिडितलार्इ ड्राइफुड बितरण कम गरि प्रति परिवार १ महिनासम्म पुग्ने चामल, दाल, तेल, नुनलगायतका राहत सामग्री वितरण गर्न लागिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट १२८ जनाको मृत्यु हुनुका साथै ३३ जना वेपत्ता भएका छन् ।

यस्तै १ लाख ५ हजार पीडितको हालसम्म उद्दार गरिएको र उनीहरुलाई १ लाख २० हजार किलो ड्राइफुड, पानी, औषधी र अन्य राहत सामाग्री वितरण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्