निस्काशन ?



 

दलहरू छोड्ने र नयाँ दल बनाउने काम कतिपय राजनीतिज्ञले अहिले गरिरहेका छन्। जस्तो राप्रपा छोडेर केही नेताहरूले नयाँ दल गठन गरेका छन्। त्यस्तै, नयाँ शक्ति पार्टी छोडेर नेताहरू अन्य दलमा पनि गएका छन्। लोकतन्त्रमा आउजाउ गर्नु र नयाँ दल खुल्नु त्यति अनौठो कुरा नहोला। तर, धरहराले नबुझेको कुरा के भने नि पाठकबृन्द– ‘छोडिसकेको नेतालाई पनि निस्काशन भनेर पो पार्टीहरूले वक्तव्य जारी गरेका छन्।

मान्छेले छोडेर हिंडिसकेको अवस्थामा किन फेरि निस्काशन भनेर भन्नुपर्ने होला ? वक्तव्य जारी गर्न किन माथापच्ची गर्नु अनि किन अनावश्यक कुरामा समय खर्चनु होला ? कि यसो गएकालाई वक्तव्यको मात्रै भए पनि झटारो हानौं भन्ने रहर पो हो कि ? कुरा नबुझेर धरहरा हैरान छ है पाठकबृन्द। यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ?

 

प्रतिक्रिया दिनुहोस्