पुरिएका पुस्तकमाथि फिल्म



 

करिब ३५ वर्षअघि नेपालको एक विकट गाउँमा भएको शैक्षिक समस्यालाई कथामा बुनेर गोदावरी फिल्म्स् एन्ड रिसर्चले पुरिएका पुस्तकका नाममा फिल्म निर्माण गर्ने भएको छ। ललितपुरको गोदावरीस्थित ढल्केश्वर महादेव मन्दिरको परिसरमा फिल्मको मुहूर्त गरिएको छ।

पत्रकार एवं निर्देशक विजयरत्न तुलाधरले मुहूर्त सर्टका क्ल्याप दिँदै मुहूर्तको शुभसाइत गरेका थिए भने शिक्षाविद् तथा समाजसेवी बाबुराम थापाले मुहूर्त सटको निर्देशन गरेका थिए।

फिल्ममा लक्ष्मीनाथ शर्मा मौदगल्यान, सरिता राजोपाध्याय, घनश्याम गौतम, गायत्री पाण्डे, युगज्योति क्रियाशील गौतम, शारदाकान्त अधिकारी, राजेन्द्र श्रेष्ठ, केदार खड्का, सुभास मिश्र, शौरभ थापा, रोजिना भण्डारी, सुषमा पाठक तथा बालकलाकारहरु स्वर्णिम मिश्र र दिमिल्जा बिशंखेले अभिनय गर्नेछन्।

लक्ष्मीनाथ मौदगल्यानको निर्देशन रहने फिल्ममा सुमन तिमिल्सिनाको लगानी रहनेछ भने रवि सायमीको छायांकन, ठाकुरप्रताप दुलालको कथा र संगीत र राजन शाहीको नृत्य रहनेछ। फिल्मको सुटिङ ललितपुरको लेलेमा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्