शेखरको हुक्का रे



 

पूर्वका गायक शेखर बगडियाको शब्द र स्वरको हुक्का रे बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। यो गीतको म्युजिक भिडियो युट्युबमामार्फत् सार्वजनिक गरिएको हो।

गीतमा संगीत सोहन मानन्धरको रहेको छ भने एरेन्ज बिजेश्वर तण्डुकारले गरेका छन्। पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा कोरियोग्राफी सुनील क्षत्री एवं नेपाली ठिटो समूहको छ भने निशा जोशी, सुष्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवं नेपाली ठिटो समूहको अभिनय रहेको छ।
पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत–संगीतमा विल्कुल प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको दाबी गरिएको छ। भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने सम्पादन रेग्मीको रहेको छ।

मारवाडी समुदायका गायक शेखरले यसअघि नक्कली मोरी, गरिमा गरिमा लगायतका गीत गाएका छन्। गरिमा गरिमा बोलको गीत उनको चर्चित गीत हो। त्यस गीतमा शेखरका अलावा सुगम पोखरेल, नवीन के भट्टराई, मोहन भुसाललगायतका गायक–गायिकाको स्वर थियो भने राजेश हमाल, झरना थापा, सुशील क्षत्री, मह जोडी, विजय लामा, निरुता सिंहलगायतका दर्जनौं कलाकारले अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्