तीज गीत अवार्डको मनोनयन सार्वजनिक



 

छायाँछवी क्रियसनले वर्षेनि आयोजना गर्दै आएको छायाँछवी तीज म्युजिक अवार्ड २०७४ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको छ।

तीज गीतलाई समावेश गरेर आयोजना गरिएको चौथो संस्करणको यो अवार्डमा कुल २५ विधा समावेश गरिएको छ।

सांस्कृतिक पर्व तीजका गीत–संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा⁄सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गर्न लागेको छायाँछवी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए। कार्यक्रममार्फत् बाढी–पहिरोपीडितका लागि राहात संकलन गरी होस्टेमा हैंसे गर्ने पनि उनले बताए।

अवार्डमा उत्कृष्ट तीज दोहोरी गीत (कम्पनी), तीज दोहोरी गीत गायकगायिका, तीज दोहोरी गीत नवगायिका, तीज दोहोरी गीत लय, तीज दोहोरी गीत शब्द, तीज दोहोरी मौलिक गीत, तीज दोहोरी गीत मिक्सिङ, उत्कृष्ट तीज दोहोरी गीत एरेन्जर, उत्कृष्ट पुरुष र महिला मोडल विधामा अवार्ड प्रदान गरिँदै छ।

त्यसै गरी तीज गीततर्फ भने उत्कृष्ट तीज गीत (कम्पनी), मौलिक तीज गीत, तीज गीत गायिका, तीज गीत नवगायिका, युगल तीज गीत, तीज गीत लय, तीज गीत शब्द, तीज गीत मिक्सिङ, तीज गीत एरेन्जर, सम्पादन, छायांकन, नृत्य निर्देशन, भिडियो निर्देशन विधामा अवार्ड प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्