समन्वय समिति पदाधिकारीद्वारा शपथग्रहण



 

नेपाल समाचारपत्र
गुल्मी
जिल्ला समन्वय समिति गुल्मीमा निर्वाचित जनप्रतिनिधिले सपथ तथा पदभार ग्रहण गरेका छन्। बुधबार सदमुकाम तम्घासमा मुख्य निर्वाचन कार्यालय गुल्मीले आयोजना गरेको शपथ तथा पदभार कार्यक्रममा निर्वाचित ९ जना जनप्रतिनिधिले शपथ लिएका हुन्।

समन्वय समितिको प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत मतृका मरासिनीले शपथ खुवाएका थिए। अन्य सदस्यहरू चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर विश्वकर्मा, हरिप्रसाद ज्ञवाली रमादेवी पुन, गंगा पन्त, उजेली विकलाई समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले शपथ खुवाएका थिए। शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित प्रमुख लक्ष्मण पराजुलीलले जनताको भावना र मर्मअनुरूप आफू अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा शुभकामना मनतव्य दिँदै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृका मरासिनीले जिल्ला शान्तिपूर्ण मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले जनताले आफ्ना जनप्रतिनिधि आफैंले चुन्ने अवसर पाएकाले अब निर्वाचित जनप्रतिनिधि पनि जनताको भावनाअनुरूप चल्ने बताए।

अधिकृत मरासिनीले समन्वय समितिमा नवनिर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्